ख दलबीच नागरिक र्सवाेच्चताको प्रश्नलाई सम्बोधन गर्ने प्रस्तावको
शब्दमा सहमति कायम नभइरहेको स्थितिमा माओवादीद्वारा प्रचारात्मक भन्ने
गरिएको गणराज्यको घोषणा एकपछि अर्का गरी हुने क्रम जारी रहनुका साथै
मुलुकका ठाउँठाउँमा र्सार्वजनिक तथा निजी जग्गा कब्जागर्ने, कानुन
हातमा लिने घटनाले कुनै पनि नेपालीलाई सञ्चो गरी बस्ने अवस्था रहेन ।
प्रमुख विपक्षीका कार्यहरू आफना माग पूरा गराउनेभन्दा सत्ता
प्राप्तितर्फकेन्द्रित भएको आरोप सत्ता पक्षले लगाउने गरेको छ र सत्ता
प्राप्तिका लागि बहुमत सिद्ध गर्न विपक्षीलाई हुँकार गरेको अहिलेको
स्थिति सत्ताको लुछाचुँडी तथा दलहरूबीचको दूरी र तिक्तता बढाउन आगोमा
घिउ थपेसरह भइरहेको अनुभव गर्न सकिन्छ ।